कानुन सचिवले भने- भ्रष्टाचार छानबिन गर्ने नाममा कर्मचारीलाई आतंकित तुल्याउने काम भयो

बिजमाण्डू
२०८१ बैशाख २५ गते १५:०२ | May 7, 2024
कानुन सचिवले भने- भ्रष्टाचार छानबिन गर्ने नाममा कर्मचारीलाई आतंकित तुल्याउने काम भयो
'मेक इन नेपाल, स्वदेशी सम्मेलन'मा बोल्दै कानुन सचिव फणिन्द्र गौतम

काठमाडौं। कानून मन्त्रालयका सचिव फणीन्द्र गौतमले पछिल्लो समय कर्मचारीको मनोबल निकै गिरेको बताएका छन्।

Tata
GBIME
Nepal Life

नेपाल उद्योग परिसंघले मंगलबार काठमाडौंमा गरेको ‘मेक इन नेपाल, स्वदेशी सम्मेलन’मा सचिव गौतमले अनुसन्धान गर्ने निकायको अनावश्यक तारोमा परेका कारण कर्मचारीको मनोबल गिरेको बताएका हुन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार छानबिन गर्ने नाममा कर्मचारीलाई आतंकित तुल्याउने काम गरिरहेको उनको आशय थियो।

उनले अनावश्यक रुपमा मुद्दा दायर भइरहेकाले कर्मचारीले राजनीतिक नेतृत्वलाई सहयोग गर्ने अवस्था नरहेको बताए।

‘विभिन्न तहका कर्मचारीदेखि सचिवहरुमाथि जथाभावीरुपमा भ्रष्टाचारका मुद्दा चलाउने काम भइरहेको छ। निर्णय गर्ने कर्मचारीलाई कारबाही हुन्छ, अरुलाई केही भएको छैन। यही कारण कर्मचारीले काम गर्ने अवस्था छैन,’ गौतमले भने।