आफूबारे उठेका प्रश्‍नमा जवाफ दिनका लागि समय उपलब्ध गराउन सभामुखलाई लामिछानेको पत्र

बिजमाण्डू
२०८१ बैशाख २५ गते १४:४६ | May 7, 2024
आफूबारे उठेका प्रश्‍नमा जवाफ दिनका लागि समय उपलब्ध गराउन सभामुखलाई लामिछानेको पत्र
सभामुख देवराज घिमिरेले राखेको बैठकमा गृहमन्त्री रवि लामिछानेसहितका नेता


काठमाडौं। उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानले संसद् बैठकमा बोल्ने समय उपलबब्ध गराउन सभामुख देवराज देवराज घिमिरेलाई पत्र लेखेका छन्।

Tata
GBIME
Nepal Life

उनले सांसदहरुले गत अधिवेशनमा आफ्नो विषयलाई लिएर उठाएका प्रश्नमा जवाफ दिनका लागि आगामी अधिवेशनको प्रारम्भिक दिनमा सहय उपलब्ध गराउन सभामुख घिमिरेलाई पत्रमार्फत आग्रह गरेका हुन्।

‘संसद्को गत अधिवेशनमा मैले सम्हालेको मन्त्रालयसँग सम्बन्धित एवम् मेरो व्यक्तिगत विषयमा माननीय सदस्यहरुले विभिन्न प्रश्न उठाउनु भएको थियो। सो सम्बन्धमा मैले संसद्‍मा उपस्थित भै जानकारी गराउन चाहेको थिएँ। तर संसद्‍मा उत्पन्न गतिरोधका कारण सम्भव भएन,’ उनले सभामुख घिमिरेलाई सोमबार लेखेको पत्रमा भनिएको छ, ‘यसबाट आकस्मिक, शून्य र विशेष समयमा उठेका विषयको जवाफ सम्बन्धित मन्त्रीले सात दिनभित्र सदनमा दिनु पर्नेछ भन्ने प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १५ को उपनियम (२) मा उल्लेख भएको व्यवस्थाको उल्लङ्घन हुन गएको छ।’

उनले सांसदहरुले उठाएका प्रश्नबारे जानकारी गराउनु आफ्नो अधिकार, कर्तव्य र जिम्मेवारी भएको भन्दै वर्खे अधिवेशनको प्रारम्भिक दिनमा जवाफ दिने व्यवस्था मिलाइदिन आग्रह गरेका छन्।

वर्खे अधिवेशन वैशाख २८ गते सुरु हुँदैछ।

उनले सहकारी ठगीमा आफ्नो संलग्नता रहेको आरोपबारे महान्यायाधिवक्ता कार्यालयबाट प्राप्त पत्र पनि सभामुखलाई बुझाएका छन्। महान्यायाधिवक्ता कार्यालयले सहकारी ठगीमा लामिछानेविरुद्ध कतै पनि उजुरी नपरेको र अनुसन्धान नभएको पत्र लामिछानेलाई सोमबार दिएको थियो।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले लामिछानेमाथि सहकारी ठगीमा संलग्न रहेको आरोप लागेकाले यस विषयमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै आएको छ। यो माग राखेर संसद्को गत अधिवेशनमा कांग्रेसले अवरोध गरेका कारण लामिछानेले जवाफ दिन पाएका थिएनन्।