सिटिजन लाइफ इन्स्योरेन्स नेप्सेको कारबाहीमा, ‘लगानीकर्ताको हितका लागि’ सेयर कारोबार रोक्का

बिजमाण्डू
२०८१ बैशाख २५ गते १३:०३ | May 7, 2024
सिटिजन लाइफ इन्स्योरेन्स नेप्सेको कारबाहीमा, ‘लगानीकर्ताको हितका लागि’ सेयर कारोबार रोक्का

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले सिटिजन लाइफ इन्स्योरेन्सको सेयर कारोबार रोक्का गरेको छ।

Tata
GBIME
Nepal Life

कम्पनीले लाभांशबारे पटक पटक सूचना परिवर्तन गरेको भन्दै कारबाहीस्वरुप नेप्सेले कम्पनीको सेयर कारोबार रोक्का गरेको हो।

लगानीकर्ताको हित र धितोपत्र कारोबारलाई स्वच्छ राख्नका लागि कम्पनीको सेयर कारोबार रोक्का गरेको नेप्सेले जनाएको छ।

सिटिजन लाइफले आइतबार २६.९८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो।

लाभांश प्रस्तावमा नियामक नेपाल बीमा प्राधिकरणले असहमति जनाउँदै रद्द गर्न निर्देशन दिएपछि कम्पनीले मंगलबार रद्द गरिएको जानकारी गराएको छ।