घरको फ्ल्याट भाडामा लिएर ‘फेयर प्ले बेटिङ’ संचालन, रुपन्देहीबाट १३ जना भारतीय पक्राउ

बिजमाण्डू
२०८१ बैशाख २५ गते १२:५१ | May 7, 2024
घरको फ्ल्याट भाडामा लिएर ‘फेयर प्ले बेटिङ’ संचालन, रुपन्देहीबाट १३ जना भारतीय पक्राउ

काठमाडौं । अनलाइन जुवा खेलाएको आरोपमा रुपन्देही प्रहरीले १३ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

Tata
GBIME
Nepal Life

अनलाइन फेयर प्ले बेटिङ साइटबाट सट्टाबाजीमा संलग्न रहेको अभियोगमा भारत राजस्थान हनुमाननगर मस्तवानी हर्ड पंचायत बस्ने २१ वर्षीय भिम सेन समेत १३ जना भारतीय नागरिकलाई पक्राउ गरिएको हो।

बुटवल उपमहानगरपालिका-११ कालिकानगरस्थित एक घरको पहिलो र दोस्रो तला भाडामा लिएर उनीहरुले अनलाइन फेयर प्ले बेटिङ साइट संचालन गरिरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले छापामा मारेको थियो।

प्रहरीले उनीका साथबाट विभिन्न कम्पनीको ल्यापटप १३ थान, विभिन्न कम्पनीको मोबाइल सेट ३९ थान लगायत अन्य विद्युतीय उपकरणहरु फेला पारेको छ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ।