बोइङ ७८७ ड्रिमलाइनर विमानको परीक्षणबारे अमेरिकामा नयाँ अनुसन्धान सुरु

बिजमाण्डू
२०८१ बैशाख २५ गते १२:४८ | May 7, 2024
बोइङ ७८७ ड्रिमलाइनर विमानको परीक्षणबारे अमेरिकामा नयाँ अनुसन्धान सुरु
Photo : Boeing

अमेरिकाको वायुसेवा नियामक ‘एफएए’ले बोइङमाथि नयाँ अनुसन्धान सुरु गरेको छ। ७८७ ड्रिमलाइनर विमानहरुको राम्रोसँग निरीक्षण नगरेको कम्पनीले जनाएपछि अनुसन्धान सुरु गरिएको हो।

Tata
GBIME
Nepal Life

एफएएले कर्मचारीहरुले रेकर्डहरुसँग चलखेल गरे नगरेको भन्नेबारे छानबिन हुने जनाएको छ। उत्पादनको चरणमा रहेको बोइङको ७८७ विमानको पुन: अनुसन्धान गरिने भएको छ।

विमानको सुरक्षाका लागि ठोस ‘एक्सन प्लान’ बनाउनका लागि पनि बोइङलाई निर्देशन दिइएको छ।

गत जनवरीमा ७३७ म्याक्स ९ विमान उडिरहँदा सिसा फुटेपछि बोइङको समस्या उजागर भएको थियो। अनुसन्धानका क्रममा बोइङ विमानको बोल्टहरु राम्ररी नकसिएको पाइएको थियो। सोही कारण सयौं बोइङहरु अमेरिकामा ग्राउन्डेड गरिएका थिए। त्यसबापत् बोइङले विमान कम्पनीहरुलाई अर्बौं रुपैयाँ क्षतिपूर्ति तिर्ने भएको छ।