सिटिजन लाइफलाई लाभांश वितरण नगर्न प्राधिकरणको निर्देशन, लाभांश प्रस्ताव रद्द

बिजमाण्डू
२०८१ बैशाख २५ गते ११:५३ | May 7, 2024
सिटिजन लाइफलाई लाभांश वितरण नगर्न प्राधिकरणको निर्देशन, लाभांश प्रस्ताव रद्द

काठमाडौं। नेपाल बीमा प्राधिकरणले सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश वितरणमा रोक लगाएको छ। प्राधिकरणको निर्देशनपछि कम्पनीले लाभांश प्रस्ताव रद्द गरेको छ।

Tata
GBIME
Nepal Life

कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले सेयर प्रिमियम बापतको रकम लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो। २६.९८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.४२ प्रतिशत नगद लाभांश दिने कम्पनीको घोषणा थियो।

सिटिजनको हाल चुक्ता पुँजी ३ अर्ब ९३ करोड ७५ लाख रुपैयाँ छ। गत पुसमा सार्वजिनक लेखा समितिले बीमा कम्पनीलाई प्रिमियम मूल्यमा आइपीओ निष्कासन गर्न स्वीकृति दिने निर्णय सच्याउन बीमा प्राधिकरणलाई निर्देशन दिएको थियो।

कानुनविपरीत कम्पनीहरुलाई प्रिमियम मूल्यमा आइपीओ निष्कासन अनुमति दिएको भन्दै यो विषयले अदालत प्रवेश पाएको छ।