सुनचाँदीको मूल्य पुनः वृद्धि, सुन तोलामा ८ सय र चाँदी १५ रुपैयाँले बढ्यो

बिजमाण्डू
२०८१ बैशाख २५ गते ११:३७ | May 7, 2024
सुनचाँदीको मूल्य पुनः वृद्धि, सुन तोलामा ८ सय र चाँदी १५ रुपैयाँले बढ्यो

काठमाडौं। गत साता घटबढ भइरहेको सुनको मूल्य दुई दिनयता पुनः बढ्न थालेको छ। मंगलबार कारोबार मूल्य प्रति तोला १ लाख ३६ हजार ४ सय रुपैयाँ भएको छ।

Tata
GBIME
Nepal Life

यो अघिल्लो दिनको भन्दा तोलामा ८ सय रुपैयाँले बढेको हो। साताको प्रारम्भका तुलनामा दोस्रो दिन २ सय रुपैयाँ बढ्दा सुन प्रति तोला १ लाख ३५ हजार ६ सय रुपैयाँ भएको थियो।

चाँदीको मूल्य पनि उकालो लाग्दै गएको छ। १५ रुपैयाँ बढ्दा मंगलबार प्रति तोला ६ सय ७५ रुपैयाँ भएको छ। यसअघि आइतबारका तुलनामा २० रुपैयाँको बढोत्तरी हुँदा प्रति तोला १ हजार ६ सय ६० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔैस २३२१.५१ डलरले कारोबार भइरहेको छ। सोमबार २३०९.९ डलर थियो।

चाँदी प्रतिऔंस २७.२९ डलर पुगेको छ। सोमबार २६.५६ डलर थियो।