सर्वोत्तम सिमेन्टले बढायो व्यापार, खुद नाफा ३२.३० प्रतिशतले बढेर १२ करोड रुपैयाँमाथि

बिजमाण्डू
२०८१ बैशाख २५ गते ११:२६ | May 7, 2024
सर्वोत्तम सिमेन्टले बढायो व्यापार, खुद नाफा ३२.३० प्रतिशतले बढेर १२ करोड रुपैयाँमाथि

काठमाडौं। चालु आर्थिक वर्ष ९ महिनामा सर्वोत्तम सिमेन्टले १२ करोड ७ लाख रुपैयाँ नाफा कमाएको छ। कम्पनीले पोहोर ९ महिनाको तुलनामा खुद नाफा ३२.३० प्रतिशतले वृद्धि गरेको हो।

Tata
GBIME
Nepal Life

पोहोर तेस्रो त्रैमाससम्म कम्पनीले ९ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। कम्पनीको सञ्चालन नाफा २५.१६ प्रतिशत वृद्धि भएर ४ अर्ब ५५ करोड ९० लाख रुपैयाँ पुगेको छ।

पोहोर यो अवधिमा सर्वोत्तमको सञ्चालन आम्दानी ३ अर्ब ६४ करोड २६ लाख रुपैयाँ थियो। कम्पनीको चुक्ता पुँजी ४ अर्ब ६५ करोड रुपैयाँ छ।

यस्तै, प्रति सेयर आम्दानी ३.४६ रुपैयाँ र प्रति सेयर नेटवर्थ २१२.७३ रुपैयाँ छ।