सेयर बजारमा २४.५८ अंकको गिरावट, ३ अर्ब ७९ करोडको कारोबार, कसले गुमाए बढी ?

बिजमाण्डू
२०८१ बैशाख २३ गते १५:२२ | May 5, 2024
सेयर बजारमा २४.५८ अंकको गिरावट, ३ अर्ब ७९ करोडको कारोबार, कसले गुमाए बढी ?

काठमाडौं। सेयर बजारमा आइतबार २४.५८ अंकको गिरावट आएको छ। नेप्से परिसूचक १९७४.३७ को विन्दुमा झरेको छ।

Tata
GBIME
Nepal Life

फाइनान्स र निर्जीवन बीमा बाहेकका उपसमूहले बजार घटाएका हुन्। विकास बैंक उपसमूहको सूचक सबैभन्दा धेरै २.६५ र फाइनान्स उपसमूहको सूचक २.०३ प्रतिशतले घटेको छ।

कारोबारमा आएमा ३१६ कम्पनीमध्ये १९६ कम्पनीका लगानीकर्ताले गुमाएका छन्। पिपुल्स पावर कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। यो कम्पनीको सेयर मूल्य ९.९२ प्रतिशतले घटेको हो।

४२ कम्पनीको सेयर मूल्य बढेको छ। डोल्टीपावर कम्पनीको सेयर मूल्य सर्वाधिक ९.५६ प्रतिशतले बढेको छ।

बजारमा ३ अर्ब ७९ करोड ५७ लाख रुपैयाँको सेयर किनबेच भएको छ। नेपाल फाइनान्सको सबैभन्दा धेरै १२ करोड ६४ लाख ९९ हजार रुपैयाँको सेयर किनबेच भएको छ।