दैलेखको दुल्लुमा निजी क्षेत्रको बैंक प्रवेश, नबिलले सञ्चालनमा ल्यायो २६८औं शाखा

बिजमाण्डू
२०८१ बैशाख २३ गते १४:२० | May 5, 2024
दैलेखको दुल्लुमा निजी क्षेत्रको बैंक प्रवेश, नबिलले सञ्चालनमा ल्यायो २६८औं शाखा
दैलेखको दुल्लुमा नबिल बैंकको शाखा उद्‍घाटन गरिंदै

काठमाडौं। नबिल बैंकले दैलेखको दुल्लुमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। दुल्लु नगरपालिकामा यो निजी क्षेत्रको बैंकको पहिलो शाखा हो।

Tata
GBIME
Nepal Life

दुल्लु नगरपालिका प्रमुख भरतप्रसाद रिजाल र नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीइओ) मनोज ज्ञवालीले शाखा उद्‍घाटन गरे।

नबिल बैंकको यो २६८औं शाखा हो। नगरपालिका प्रमुख रिजालले नबिलले शाखा सञ्चालनमा ल्याएसँगै स्थानीयलाई वित्तीय सेवा लिन निकै सहयोग पुग्ने बताए।

‘देशकै अग्रणी बैंकले हाम्रो नगरपालिकामा निजी क्षेत्रको पहिलो बैंकका रुपमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। यो निकै खुसीको कुरा हो। यहाँका जनतामा वित्तीय पहुँच बढाउन र उद्यम व्यवसाय विस्तार गर्न सहयोग पुग्ने विश्वास लिएको छु,’ रिजाललाई उद्यृत गर्दै बैंकले आइतबार जारी विज्ञप्तिमा भनिएको छ।

बैंकका डेपुटी सीइओ ज्ञवालीले शाखाबाट ग्राहकलाई सबै खालका बैंकिङ सेवा उपलब्ध गराउने बताए।