सञ्चालनमा आएको ९ वर्षपछि सुर्खेतको सिद्धार्थ होटलले पायो चार तारेको मान्यता

बिजमाण्डू
२०८१ बैशाख २३ गते ११:१४ | May 5, 2024
सञ्चालनमा आएको ९ वर्षपछि सुर्खेतको सिद्धार्थ होटलले पायो चार तारेको मान्यता
सिद्धार्थ होटल

काठमाडौं। सुर्खेतको वीरेन्द्रनगरस्थित ‘सिद्धार्थ होटल’लाई पर्यटन विभागले चार तारेस्तरको मान्यता दिएको छ। होटललाई पर्यटन ऐन र नियमावलीअनुसार चार तारे मान्यता दिइएको विभागले जनाएको छ।

Tata
GBIME
Nepal Life

यो अब कर्णाली प्रदेशकै पहिलो चार तारे होटल भएको छ। होटलले यसअघि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट अतिउत्तम वर्गको मान्यता पाएको थियो।

४ स्विट, ४५ डिलक्स र १५ वटा स्ट्याण्डर्ड कोठा रहेको होटलमा ७० जनाले प्रत्यक्ष रोजगारी पाइरहेको क्षेत्रीय निर्देशक केशव न्यौपानेले बताए।

सिद्धार्थ हस्पिटालिटी अन्तर्गत ९ वर्षदेखि सञ्चालित होटलमा ४ वटा कन्फ्रेन्स हल, ६०० जनाभन्दा बढी क्षमताको ब्याङ्क्वेट हल, पुल बार, फिटनेस क्लब, स्पा, साउना, स्टिम, जिम, स्विमिङ पुल, ब्युटी पार्लर, रेस्टुरेन्ट लगायत सुविधा छ।