सुनचाँदी बजार : उच्च मूल्यमा सुन स्थिर, चाँदी प्रति तोला ५ रुपैयाँ घट्यो

बिजमाण्डू
२०८१ बैशाख २३ गते १०:५५ | May 5, 2024
सुनचाँदी बजार : उच्च मूल्यमा सुन स्थिर, चाँदी प्रति तोला ५ रुपैयाँ घट्यो

काठमाडौं। उच्च मूल्यमा पुगेको सुन साताको पहिलो दिन स्थिर छ भने चाँदीमा झिनो गिरावट छ। सुनको कारोबार मूल्य तोलाको १ लाख ३५ हजार ४ सय रुपैयाँ छ।

Tata
GBIME
Nepal Life

अघिल्लो दिनका तुलनामा तोलामा १ हजार १ सय घट्दा गत शुक्रवार उक्त मूल्य कायम भएको हो। बिहीबार १ लाख ३६ हजार ५ सय रुपैयाँ तोला थियो।

चाँदी तोलामा ५ रुपैयाँ घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार चाँदीको कारोबार मूल्य प्रतितोला १ हजार ६ सय ४० रुपैयाँ निर्धारण भएको छ।

गत बिहीबार र शुक्रबार प्रतितोला १ हजार ६ सय ४५ रुपैयाँ थियो भने बुधबार १ हजार ६ सय ३० रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रति औंस २३०२.५७ डलरले कारोबार भइरहेको छ। यो एक दिनमा १.२९ डलरले मूल्य घटेर कारोबार भइरहेको हो।

चाँदी प्रति औंस २६.५६ डलर छ। चाँदीमा पनि झिनो गिरावट छ।