गौरीटारमा ७३ करोड मा क्रिकेट स्टेडियम बनाउँदै बागमती सरकार, स्वीमिङ पुल पनि बन्ने

बिजमाण्डू
२०८१ बैशाख २३ गते ०७:५६ | May 5, 2024
गौरीटारमा ७३ करोड मा क्रिकेट स्टेडियम बनाउँदै बागमती सरकार, स्वीमिङ पुल पनि बन्ने
खेल पूर्वाधारको सिलान्यास गर्दै मुख्य मन्त्री सालिकराम जमकट्टेल। तस्बिर: राखेप

काठमाडौं । बागमती प्रदेशको खेलकुद विकास परिषदले क्रिकेट मैदान निर्माण गर्ने भएको छ। बागमती प्रदेश सरकारका मुख्य मन्त्री सालिकराम जमकट्टेलले शनिबार मैदान निर्माणको शिलान्यास गरेको हुन्।

Tata
GBIME
Nepal Life

क्रिकेट मैदान सहित बागमतीमा स्वीमिङ पुल पनि निर्माण हुनेछ। यी दुवै पूर्वाधार गौरीटार हाताभित्र बन्न लागेको हो।

१० लेनको स्वीमिङ पुल २५ गुणा ५० मिटरको हुनेछ। त्यसको छेउमै २५ गुणा १० मिटरको प्रशिक्षणका लागि पनि स्वीमिङ पुल बन्ने छ। पहिलो चरणमा २५ गुणा ५० मिटरको पुल बनाइने छ।

स्वीमिङ पुल कूल लागत ६ करोड ९६ लाख ४५ हजार ९७१ रुपैयाँ रहेको प्रदेश खेलकुद विकास परिषद्का सदस्य–सचिव सूर्यलाल भण्डारीले बताए।

यस्तै, क्रिकेट रंगशालाको लागत ७६ करोड रहेको बताइएको छ। पहिलो चरणमा मैदानसहित ६ सय जना अट्ने ब्लक बनाइने छ।