वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै ३४ लाख ठगी गर्ने एक व्यक्ति पक्राउ

बिजमाण्डू
२०८१ बैशाख २२ गते २०:०७ | May 4, 2024
वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै ३४ लाख ठगी गर्ने एक व्यक्ति पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै ३४ लाख २३ हजार ३०० रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

Tata
GBIME
Nepal Life

पक्राउ पर्नेको नाम योगेश राई रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

रोहित श्रेष्ठ र जिवेन्द्र श्रेष्ठलाई वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै राईले ३४ लाख २३ हजार ३०० रुपैयाँ ठगी गरेको भन्दै उजुरी गरेको थियो। त्यसपछि प्रहरी वृत्त महाराजगंजको टोलीले पक्राउ गरेको हो।

पक्राउ परेकाराईमाथि अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीले बताए।