भारतमा लोकसभा निर्वाचन : जयनगर-जनकपुर रेल सेवा आइतबारदेखि ३ दिनसम्म बन्द हुने

बिजमाण्डू
२०८१ बैशाख २२ गते १८:५८ | May 4, 2024
भारतमा लोकसभा निर्वाचन : जयनगर-जनकपुर रेल सेवा आइतबारदेखि ३ दिनसम्म बन्द हुने

काठमाडौं । भारतमा लोकसभा निर्वाचन जारी छ। सात चरणमा हुने निर्वाचनको तेस्रो चरण यही वैशाख २५ (मे ७) मा हुँदैछ। निर्वाचन हुने क्षेत्रसँग जोडिएको सीमा सो समय बन्द गरिनेछ।

Tata
GBIME
Nepal Life

निर्वाचनका कारण जयनगर–जनकपुर–भङ्गहा रेल सेवा पनि तीन दिनसम्म बन्द गरिने भएको छ। भारत मधुवनी जिल्लाको भंझारपुर संसदीय निर्वाचन क्षेत्रमा ७ मे २०२४ (वैशाख २५) मा लोकसभा चुनाव हुनलागकोले रेलसेवा तीन दिन बन्द रहेन नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको हो।

चुनावको २४ घण्टा पहिले बन्द गर्नुपर्ने भएकाले भोलिदेखि जयनगर–जनकपुर–भंगहा रेलसेवा बन्द हुने कम्पनीका महाप्रबन्धक निरञ्जन झाद्वारा जारी सूचनामा उल्लेख छ।

इन्डो नेपाल अन्तर्राष्ट्रिय बोर्डर सिल गर्नेगरी नेपाल भारतका दुवै पक्ष सम्मिलित बोर्डर जिल्ला कोर्डिनेशन कमिटीबाट भएको निर्णयअनुसार रेलसेवा मंगलबारसम्म पूर्णरूपमा बन्द रहनेछ।