अमेरिकामा रोजगार वृद्धिमा सुस्तता, अप्रिलमा थपियो १ लाख ७५ हजार जागिर

बिजमाण्डू
२०८१ बैशाख २२ गते १६:११ | May 4, 2024
अमेरिकामा रोजगार वृद्धिमा सुस्तता, अप्रिलमा थपियो १ लाख ७५ हजार जागिर
Photo : Reuters

अमेरिकामा अप्रिल महिनामा १ लाख ७५ हजार नयाँ जागिर सिर्जना गरियो। यद्यपि, विश्वकै ठूलो अर्थतन्त्रमा बेरोजगारी दरमा कमी भने आएको छैन।

Tata
GBIME
Nepal Life

बीबीसीका अनुसार मार्चमा बेरोजगारी दर ३.८ प्रतिशतबाट बढेर ३.९ प्रतिशत पुगेको त्यहाँको श्रम विभागले तथ्यांक उपलब्ध गराएको छ। अक्टोबर यता कै सबैभन्दा कम रोजगारी सिर्जना हुँदा बेरोजगारी दर बढेको बताइएको छ।

मार्चमा ३ लाख १५ हजार रोजगारी सिर्जना हुँदा फेब्रुअरीमा २ लाख ३६ हजारले काम पाएका थिए।

अमेरिकामा पनि मन्दीका कारण रोजगार वृद्धिमा सुस्ता आएको हो। जसकारण कम्पनीहरुले कर्मचारी कटौती गरिरहेका छन् र नयाँ जागिर सिर्जना भइरहेका छैनन्।

बैंकहरुले पनि ब्याज दर घटाउने तयारी गरिरहेका छन्। कम संख्यामा रोजगारी सिर्जना हुँदा ब्याज दर घटाउने बारे फेरि बहस भइरहेको छ। यद्यपि, मन्दीको असर त्यहाँको अर्थतन्त्रमा सामान्य मात्रै पर्ने विश्लेषकहरुको प्रक्षेपण छ।