लाइन भूमिगत गर्न ६ फिडरका विद्युत आपूर्ति कटौती हुँदै, कहाँ कहिले जान्छ बत्ती?

बिजमाण्डू
२०८१ बैशाख २२ गते ०७:०८ | May 4, 2024
लाइन भूमिगत गर्न ६ फिडरका विद्युत आपूर्ति कटौती हुँदै, कहाँ कहिले जान्छ बत्ती?

काठमाडौं। विद्युत लाइन भूमिगत गर्ने कामलाई अघि बढाएको विद्युत प्राधिकरणले उपत्यकामा लाइन अवरुद्ध हुने नयाँ सूची जारी गरेको छ।

Tata
GBIME
Nepal Life

गोठाटार, कालीमाटी, ताहाचल, चौमती, मच्छेगाउँ फिडर अन्तर्गतका वितरण क्षेत्रमा आइतबारदेखि शुक्रबारसम्म दिनको ३ घण्टा लाइन काटिने भएको हो।

प्राधिकरणका अनुसार आइतबार गोठटार फिडरअन्तर्गत जोरपाटी वितरण केन्द्रको पालो छ। उक्त दिन गोठाटारको फोर्स बसपार्कदेखि तेजविनायक चोकसम्मको क्षेत्रमा लाइन जानेछ।

सोमबार कालीमाटी र रिगमेन फीडरअन्तर्गत कुलेश्वर वितरण केन्द्रको लाइन काटिने छ। उक्त केन्द्रअन्तर्गत सोल्टी मोडदेखि रविभवनसम्मको क्षेत्र परेको छ।

मंगलबार पुनः गोठाटार फिडरअन्तर्गत फोर्स बसपार्कदेखि तेजविनायक चोकसम्मको क्षेत्रमा लाइन जानेछ। बुधबार ताहाचल र चौमती फिडर (कुलेश्वर वितरण केन्द्र)अन्तर्गत छाउनी आर्मी अस्पताल क्षेत्रको लाइन काटिने पालो परेको छ। बिहीबार गोठाटार फिडरअन्तर्गत तेज विनायक चोकदेखि मानटार चोकसम्मको क्षेत्र परेको छ।

यस्तै शुक्रबार मच्छेगाउँ फिडर कीर्तिपुर वितरण केन्द्रअन्तर्गत ढाल्पाक चोकदेखि राराहिल चोकसम्मको क्षेत्रमा बिजुली काटिने छ। जारी गरेको सूचीलाई मौसमी प्रतिकूलताले भने प्रभावित पार्न सक्ने प्राधिकरणको सूचनामा छ।