सरकारको सिफारिसमा राष्ट्रपतिले वैशाख २८ गतेका लागि आह्वान गरे संघीय संसद्को अधिवेशन

बिजमाण्डू
२०८१ बैशाख २० गते १७:५७ | May 2, 2024
सरकारको सिफारिसमा राष्ट्रपतिले वैशाख २८ गतेका लागि आह्वान गरे संघीय संसद्को अधिवेशन

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्‍वान गरेका छन्।

Tata
GBIME
Nepal Life

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले वैशाख २८ गतेका लागि अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराइले प्रेस विज्ञप्तिमार्फत जनाएकी छन्।

बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले संसद्का दुवै सदनको अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको थियो।

संसद्‍को हिउँदे अधिवेशन वैशाख २ गते अन्त्य गरिएको थियो।