नेपालगंजबाट प्रहरीले बरामद गर्‍यो भन्सार छली ल्याइएका ८ लाखको मोबाइल डिस्प्ले

बिजमाण्डू
२०८१ बैशाख २० गते १६:४५ | May 2, 2024
नेपालगंजबाट प्रहरीले बरामद गर्‍यो भन्सार छली ल्याइएका ८ लाखको मोबाइल डिस्प्ले

काठमाडौं । बाँके प्रहरीले भन्सार छली गरेर ल्याइएको ४०० वटा स्क्रिन टच मोबाइल डिस्प्ले बरामद गरेको छ।

Tata
GBIME
Nepal Life

नेपालगंज उपमहानगर-४ बसपार्कबाट प्रहरी टोलीले डिस्प्ले बरामद गरेको हो।

ती डिस्प्लेहरुको बजार मूल्य करिब ८ लाख रुपैयाँ रहेको प्रहरीले जनाएको छ। प्रहरीले यस घटनाबारे आवश्यक कारबाही अघि बढाएको समेत जनाएको छ।   

पछिल्लो समय नेपाली बजारमा मोबाइल डिस्प्लेको तस्करी बढेको छ। बजारमा कम गुणस्तरका सस्तो डिस्प्लेहरु धेरै बिक्री हुने गरेका छन्।