देशभर आगलागीका कारण विकराल बन्दै वायु प्रदूषण, ४३६ स्थानमा डढेलो

बिजमाण्डू
२०८१ बैशाख २० गते १६:३५ | May 2, 2024
देशभर आगलागीका कारण विकराल बन्दै वायु प्रदूषण, ४३६ स्थानमा डढेलो

काठमाडौं । देश भर वन डढेलोको अवस्था बिकराल बन्दै गइरहेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज ५३ जिल्लाका ४३६ स्थानमा वन डढेलो लागिरहेको छ।

Tata
GBIME
Nepal Life

प्राधिकरणका डढेलोविद् सुन्दर शर्माले लामो समयसम्म पानी नपर्ने र हावा चलेका कारण डढेलो फैलिरहेको बताए।

‘आज पनि देशभर डढेलोको अवस्था बिराल बनेको छ। नेपालको भौगोलिक विकटताका कारण नियन्त्रणमा थप समस्या उत्पन्न भइरहेको छ,’ उनले भने, ‘पानी परेको छैन तर हावाहुरीका कारण डढेलो फैलिरहेको छ।’

उनका अनुसार कैलाली, डोटी, सल्यान, दैलेख, पाल्पालगायतका जिल्ला डढेलोका कारण बढी प्रभावित बनेका छन्। नेपालमा साधरणतया वर्षमा दुई हजार पाँच सयको हाराहारीमा डढेलाको घटनाहरु हुन्छन्।

‘८० प्रतिशत वन डढेलाको घटनाहरु फागुनको मध्यदेखि जेठको मध्यसम्म ४ महिनामा हुने गर्छन्। चैत र वैशाखमा मात्रै ६० प्रतिशत डढेलोको घटनाहरु हुने गर्छन्। यसकारण अहिले हामी उच्च जोखिममको समयमा छौं,’ उनले भने।

मध्य फागुनदेखि जेठको मध्यसम्म डढेलाको घटनाहरु हुने भएकाले यो समयमा सतर्क भएर बस्नुपर्ने अवस्था भएको उहाँले बताए। प्राधिकरणका अनुसार बुधबार ३९ जिल्लाका एक सय ६५ स्थानमा वन डढेलो लागेको थियो।