मन्त्रिपरिषद् बैठकअघि दाहाल-ओली भेटवार्ता, के विषयमा भयो छलफल?

बिजमाण्डू
२०८१ बैशाख २० गते १५:४७ | May 2, 2024
मन्त्रिपरिषद् बैठकअघि दाहाल-ओली भेटवार्ता, के विषयमा भयो छलफल?

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार सिंहदरबारमा भेटवार्ता भएको छ। मन्त्रिपरिषद्को बैठक बस्नुअघि प्रचण्ड र ओलीले भेट गरेका हुन्।

Tata
GBIME
Nepal Life

पछिल्लो राजनीतिक परिस्थितिका बारेमा कुराकानी भएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द आचार्यले बताए। ‘समसामयिक राजनीतिका बारेमा छलफल भएको हो,’ उनले भने।

सरकारले संसद अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गर्ने तयारी गरेको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेका कारण सरकार संसदको अवरोध हटाउने बारेमा लामो समयदेखि प्रचण्डले विभिन्न दलका नेतासँग छलफल गरिरहेका छन्।