नेप्से अन्तिम समयमा ओरालो, चलखेल गरी मूल्य बढाइएका फाइनान्सका लगानीकर्ताले गुमाए

बिजमाण्डू
२०८१ बैशाख २० गते १५:३४ | May 2, 2024
नेप्से अन्तिम समयमा ओरालो, चलखेल गरी मूल्य बढाइएका फाइनान्सका लगानीकर्ताले गुमाए

काठमाडौं। सेयर बजार परिसूचक अन्तिम समयमा ओरालो लागेको छ। बिहीबार अन्तिम ३० मिनेटमा नेप्से परिसूचक ७.३१ अंकले घटेको हो। नेप्से १९१९८.९६ विन्दु कायम भएको छ।

Tata
GBIME
Nepal Life

विकास बैंक उपसमूहको सूचक सबैभन्दा धेरै २.०३ प्रतिशतले घटेको छ। कारोबारमा आएका ३०८ कम्पनीमध्ये १६१ कम्पनीका लगानीकर्ताले गुमाएका छन्। पिपुल्स पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै ८.२१ प्रतिशतले गुमाएका छन्।

गुमाउनेमा फाइनान्स कम्पनीका लगानीकर्ता पनि छन्। गत साता चलखेल गरेर मूल्य बढाइएका फाइनान्स कम्पनीको सेयर सस्तिएको छ। सूचीकृत १५ मध्ये ११ फाइनान्सको सेयर भाउ घटेको हो।

७८ कम्पनीका लगानीकर्ताले कमाएका छन्। ट्रेडिङ र माइक्रोफाइनान्स (लघुवित्त) उपसमूहको सूचक बढेको छ। फाइनान्सपछि अब खराब वित्तीय अवस्था भएका माइक्रोफाइनान्स कम्पनीको सेयर मूल्य बढाउन थालिएको छ।

माइक्रोफाइनान्स उपसमूहको सूचक ३.४५ प्रतिशतले वृद्धि भएको छ। घटेको बजारमा सकारात्मक सर्किट लाग्ने तीनवटै कम्पनी माइक्रोफाइनान्स हुन्।

समाता घरेलु, इन्फिनिटी र साधना लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको हो। ४ अर्ब १३ करोडको सेयर कारोबार भएको छ। सबैभन्दा धेरै आइएमई लाइफ इन्स्योरेन्सको २८ करोड ७७ लाख रुपैयाँको सेयर किनबेच भएको छ।