संसद अधिवेशन बोलाउने तयारी, कांग्रेसले बैठक अवरोधलाई निरन्तरता दिने

बिजमाण्डू
२०८१ बैशाख २० गते १४:४२ | May 2, 2024
संसद अधिवेशन बोलाउने तयारी, कांग्रेसले बैठक अवरोधलाई निरन्तरता दिने
File Photo

काठमाडौं । सरकारले संसदको बजेट अधिवेशन बोलाउन सिफारिस गर्ने तयारी गरेको छ। संसद सचिवालयका अनुसार बिहीबार बस्ने मन्त्रिपरिषदको बैठकले राष्ट्रपति रामचन्द्र पौडेललाई अधिवेशन आह्वानका लागि सिफारिस गर्ने तयारी गरेको हो।

Tata
GBIME
Nepal Life

‘आज मन्त्रिपरिषद बस्दै छ। बैठक बोलाउने सिफारिस होला,’ सचिवालयका एक सदस्यले भने। वैशाख अन्तिम साता बैठक बस्ने गरि बैठक बोलाउने तयारी भएको हो।

सरकारको सिफारिसमा राष्ट्रपतिले अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ। यस्तै, जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ र त्यसअघि नै सरकारले नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्नुपर्ने हुन्छ।

बजेट अधिवेशनमा पनि प्रमुख प्रतिपक्षी दलले अवरोधलाई भने निरन्तरता दिने भएका छन्।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले फागुन २१ गते यताका बैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनको माग राखेर बैठक अवरोध गर्दै आएको छ।

संसदको आगामी अधिवेशनमा पनि कांग्रेसले गृहमन्त्री माथि छानबिनको विषयलाई निरन्तरता दिने तयारी गरिरहेको छ।