नेपाल र भारतको महालेखापरीक्षक कार्यालयबीच सार्वजनिक लेखा परीक्षणमा सहकार्य गर्ने सम्झौता

बिजमाण्डू
२०८१ बैशाख २० गते १४:३५ | May 2, 2024
नेपाल र भारतको महालेखापरीक्षक कार्यालयबीच सार्वजनिक लेखा परीक्षणमा सहकार्य गर्ने सम्झौता

काठमाडौं । महालेखा परीक्षक तोयम राया र भारतका महालेखापरीक्षक गिरिश चन्द्र मुर्मूबीच आज शिष्टाचार भेट भएको छ।

Tata
GBIME
Nepal Life

नेपाल भ्रमणमा रहेका मुर्मू र रायाबीच आज महालेखापरीक्षकको कार्यालयमा भेट भएको हो।

सो भेटका क्रममा सार्वजनिक लेखा परीक्षणमा नेपाल र भारतबीच सहकार्य गर्ने समझदारी पनि भएको छ। सम्झौतापत्रमा राया र मुर्मूले आज हस्ताक्षर पनि गरेका छन्।

सो सम्झौताले सार्वजनिक लेखा परीक्षण कार्यमा संलग्न हुनेहरुको क्षमता अभिवृद्धी हुने विश्वास दिइएको छ। यस्तै, लेखा परीक्षणका लागि अपनाइने विधिहरुमा पनि सुधार हुने अपेक्षा लिइएको छ।