फ्लेचरको उत्कृष्ट इनिङ्समा नेपाललाई वेस्ट इण्डिजको २१० रनको लक्ष्य

बिजमाण्डू
२०८१ बैशाख २० गते १४:०१ | May 2, 2024
फ्लेचरको उत्कृष्ट इनिङ्समा नेपाललाई वेस्ट इण्डिजको २१० रनको लक्ष्य
वेस्ट इण्डिज 'ए' विरुद्ध दुई विकेट लिएका कुशल भुर्तेल। तस्बिर: क्यान

काठमाडौं । वेस्ट इण्डिज ‘ए’ले नेपाल सामू विशाल चुनौती प्रस्तुत गरेको छ। पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा पाहुना टोलीले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २०९ रन बनाएको हो।

Tata
GBIME
Nepal Life

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्याल क्रिकेट मैदानमा वेस्ट इण्डिज ‘ए’ का कप्तान रोस्टन चेजले टस जितेर पहिला ब्याटिङ रोजेका थिए। सुरुवाती ओभरमै विकेट लिएर मोमेन्टम आफ्नो पक्षमा ल्याउन खोजे पनि नेपाली बलरहरु वेस्ट इण्डिजको ब्याटिङ साझेदारीसामू निरीह बने।

१.१ ओभरमा प्रतिस जिसीले एलिक अथानाजीको विकेट लिँदै नेपाललाई पहिलो सफलता दिलाए। दोस्रो र तेस्रो विकेट स्पीनर कुशल भुर्तेलले लिए। उनले ९.६ ओभरमा ५८ रन बनाएका जोन्सन चार्ल्सलाई र १३.२ ओभरमा ४ रन बनाएका केसी कार्टीलाई क्रमश दीपेन्द्रसिंह ऐरी र रोहित पौडेलबाट क्याच आउट गराए। त्यसपछि भने अन्य बलरले विकेट लिन सकेनन्।

वेस्ट इण्डिजका लागि सर्वाधिक रन आन्द्रे फ्लेचरले बनाए। उनले ५४ बलमा ९ चौका र ४ छक्काको सहायतामा अविजित ८४ रन बनाए। त्यस्तै फाबिअन एलनले ३३ रन बनाएर अविजित रहे।

नेपालले आजको खेलमा विश्वकपको लागि घोषणा भएको टोलीबाट प्लेइङ ११ उतारेको छ। यसअघि वेस्ट इण्डिजविरुद्ध नखेलेका आशिफ शेख, सन्दीप जोराले प्लेइङ ११ मा स्थान बनाएका छन्।