पाल्पा सिमेन्टको ७५ लाख कित्ता सेयरको प्रत्याभूति नागरिक लगानी कोषले गर्ने

बिजमाण्डू
२०८१ बैशाख २० गते १३:१८ | May 2, 2024
पाल्पा सिमेन्टको ७५ लाख कित्ता सेयरको प्रत्याभूति नागरिक लगानी कोषले गर्ने
सेयर प्रत्याभूति सम्झौता गर्दै पाल्पा सिमेन्ट र नागरिक लगानी कोषका प्रतिनिधि

काठमाडौं। पाल्पा सिमेन्टले ७५ लाख कित्ता आइपीओ जारी गर्ने भएको छ। कम्पनीले प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यमा आइपीओ जारी गर्ने भएको हो।

Tata
GBIME
Nepal Life

कम्पनीको ७५ करोड रुपैयाँको सेयर नागरिक लगानी कोषले प्रत्याभूति गर्ने भएको छ। यस सम्बन्धमा बिहिबार पाल्पा सिमेन्ट इण्डस्ट्रिज र कोषबीच सम्झौता भएको छ।

सम्झौता पत्रमा सिमेन्ट उद्योगका कार्यकारी निर्देशक बिष्णु कुमार अग्रवाल र कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले हस्ताक्षर गरे।