नेपाल टस हारेर फिल्डिङमा, विश्वकप केन्द्रीत टोलीमा आशिफले विकेटकिपिङ सम्हाल्दै

बिजमाण्डू
२०८१ बैशाख २० गते १२:०७ | May 2, 2024
नेपाल टस हारेर फिल्डिङमा, विश्वकप केन्द्रीत टोलीमा आशिफले विकेटकिपिङ सम्हाल्दै
टसका क्रममा नेपालका कप्तान रोहितकुमार पौडेल र वेस्ट इण्डिज 'ए'का कप्तान रोस्टन चेज। तस्बिर: क्यान

काठमाडौं । वेस्ट इण्डिजले चौथो खेलमा पनि सुरुवाती ब्याटिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा पाहुना टोलीका कप्तान रोस्टन चेजले टस जितेर ब्याटिङ रोजेका छन्।

Tata
GBIME
Nepal Life

नेपालले आजको खेलमा विश्वकपको लागि घोषणा भएको टोलीबाट प्लेइङ ११ बनाएको छ। यसअघि वेस्ट इण्डिजविरुद्ध नखेलेका आशिफ शेख, सन्दीप जोराले प्लेइङ ११ मा स्थान बनाएका छन्।

अनिलकुमार साह, करण केसी, सागर ढकाल र कमलसिंह ऐरी बेन्चमा छन्।

सिरिजका तीन खेल सकिँदा पाहुना टोली २-१ ले अगाडि छ। आजको खेलमा वेस्ट इण्डिजले जित निकाले एक खेल अगावै सिरिज जित्नेछ भने नेपालले जिते सिरिज बराबरीमा आउनेछ र शनिबार हुने पाँचौँ खेल निर्णायक हुनेछ। यसर्थ सिरिजमा कायम रहन नेपाल जित्नै पर्ने दबाबमा छ।

यसअघिका तीन खेलमा पहिलो नेपालले जित्दा दोस्रो र तेस्रो खेल वेस्ट इण्डिजले जितेको थियो। नेपाली टोलीमा ती खेलमा २० खेलाडीमध्येबाट ब्यापक परिवर्तन गर्दै खेलाइएको थियो।

बुधवारको खेलमा त लयमा रहेका कप्तान रोहितकुमार पौडेललाई नै विश्राम दिँदै दीपेन्द्रसिंह ऐरीको कप्तानीमा टोली उतारिएको थियो। आज भने रोहितकै कप्तानीमा नेपाली टोली उत्रँदैछ।

नेपालको प्लेइङ ११

कुशल भुर्तेल, मोहम्मद आशिफ शेख, रोहितकुमार पौडेल (कप्तान), कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुल्सनकुमार झा, ललितनारायण राजवंशी, सोमपाल कामी, अभिनास बोहरा, प्रतिश जिसी र सुन्दिप जोरा