सुनचाँदी मूल्य पुनः बढोत्तरी, सुन तोलाको २ हजार र चाँदी १५ रुपैयाँ वृद्धि  

बिजमाण्डू
२०८१ बैशाख २० गते ११:१८ | May 2, 2024
सुनचाँदी मूल्य पुनः बढोत्तरी, सुन तोलाको २ हजार र चाँदी १५ रुपैयाँ वृद्धि  

काठमाडौं। बिहीबार सुनचाँदीको कारोबार मूल्य बढेको छ। बुधबारका तुलनामा सुन तोलामा २ हजार र चाँदी १५ रुपैयाँ बढेको हो।

Tata
GBIME
Nepal Life

सुनको कारोबार मूल्य प्रति तोला १ लाख ३६ हजार ५ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिनका तुलनामा २ हजार ७ सय रुपैयाँ घट्दा बुधबार तोलाको १ लाख ३४ हजार ५ सय रुपैयाँ भएको थियो।  

गत सोमबार र मंगलबार तोलाको १ लाख ३७ हजार २ सय रुपैयाँ थियो। आइतबारका तुलनामा ४ सय घट्दा सोमबार उक्त मूल्य कायम भएको थियो।  

चाँदी प्रति तोला १६ सय ४५ रुपैयाँ भएको छ। यसअघि मूल्य २० रुपैयाँ घट्दा बुधबार कारोबार मूल्य तोलाको १६ सय ३० रुपैयाँ भएको थियो छ। मंगलबार तोलाको १६ सय ५० र सोमबार १६ सय ६५ रुपैयाँ थियो।  

अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुन प्रति औंस २३१३.९३ डलरले कारोबार भइरहेको छ। बुधबार २२८३.८६ डलर थियो भने मंगलबार २३२६.१ डलर थियो।  

चाँदी प्रति औंस २६.५१ डलर छ। बुधबार २६.३५ र मंगलबार २६.८५ डलर थियो भने गत सोमबार २७.३१ डलर पुगेको थियो।