टाटाले एक महिनामा भारतमा ४८ हजार गाडी बेच्यो, कमर्सियलको बिक्री ३१% ले वृद्धि

बिजमाण्डू
२०८१ बैशाख २० गते ११:०५ | May 2, 2024
टाटाले एक महिनामा भारतमा ४८ हजार गाडी बेच्यो, कमर्सियलको बिक्री ३१% ले वृद्धि

काठमाडौ। टाटा मोटर्सले भारतमा एक महिनामा करिब ४८ हजार गाडी बिक्री गरेको छ। कम्पनीले अप्रिल महिनामा ४७ हजार ९८३ युनिट गाडी बिक्री गरेको तथ्यांक सार्वजनिक गरेको छ।

Tata
GBIME
Nepal Life

गत महिना बिक्री भएका गाडीमध्ये ६ हजार ३६४ युनिट विद्युतीय हुन्। प्यासेन्जर सेग्मेन्टमा टाटा मोटर्सले टियागो, अल्ट्रोज, टिगोर, पञ्च, नेक्सन, ह्यारियर र सफारी तथा इलेक्ट्रिक सेग्मेन्टमा टियागो, टिगोर र नेक्सन बिक्री गर्दै आएको छ।

प्यासेन्जर सवारीसँगै टाटा मोटर्सले व्यावसायिक सवारी साधनको बिक्री पनि बढाएको छ।

कमर्सियल गाडीको बिक्री ३१ प्रतिशतले वृद्धि भएको तथ्यांक छ। कमर्सियल गाडी गत महिना कम्पनीले २९ हजार ५३८ युनिट बिक्री गरेको थियो।

२०२३ अप्रिलमा कम्पनीले ४७ हजार १०७ युनिट गाडी बिक्री गरेकामा तीमध्ये २२ हजार ४९२ थान कमर्सियल गाडी थिए।