सरकारले ल्यायो एक अर्बको वैदेशिक बचतपत्र, अवधि पाँच वर्ष, ब्याजदर नौ प्रतिशत

बिजमाण्डू
२०८१ बैशाख २० गते ११:०३ | May 2, 2024
सरकारले ल्यायो एक अर्बको वैदेशिक बचतपत्र, अवधि पाँच वर्ष, ब्याजदर नौ प्रतिशत

काठमाडौं। अर्थमन्त्रालय अन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले वैदेशिक रोजगार बचतपत्र २०८६ निष्कासन गर्ने भएको छ। आगामी आइतबारदेखि एक अर्ब रुपैयाँको उक्त बचतपत्र निष्कासन गर्न लागेको हो।

Tata
GBIME
Nepal Life

बचतपत्रका इकाइ वैदेशिक रोजगारीमा रहेका, फर्केको ६ महिना नपुगेका नेपाली नागरिक तथा गैर आवासीय नेपालीले आफू वा आफ्ना परिवारको सदस्यको नाममा खरिद गर्न सकिने बिहीबार जारी सूचनामा छ।

इच्छुक तथा योग्य लगानीकर्ताले न्युनतम १० हजार रुपैयाँ लगानी गर्न सक्ने बचतपत्र खरिदका लागि आगामी जेठ २२ गतेसम्म आवेदन दिन सकिनेछ। आवेदन कार्यालयको बेवसाइट वा एजेन्ट तोकिएका बैंक तथा वित्तीयमार्फत बुझाउन सकिन्छ।

वार्षिक ९ प्रतिशत ब्याज दिइने पाँच वर्षे वैदेशिक रोजगार बचतपत्र २०८६ मा ६/६ महिनामा ब्याज भुक्तानी हुने जनाइएको छ।