च्याम्पियन्स लिग : सेमिफाइनलको पहिलो लेगमा पीएसजीमाथि डर्टमण्डको जित

बिजमाण्डू
२०८१ बैशाख २० गते ०७:३० | May 2, 2024
च्याम्पियन्स लिग : सेमिफाइनलको पहिलो लेगमा पीएसजीमाथि डर्टमण्डको जित
किलियन एम्बाप्पे लगायत पीएसजीका खेलाडी। तस्बिर: रोयटर्स

यूईएफए च्याम्पियन्स लिगमा गएराति सम्पन्न खेलमा पेरिस सेन्ट जर्मेन पीएसजीलाई बोरुसिया डर्टमण्डले हराएको छ। प्रतियोगिताको सेमिफाइनलको पहिलो लेगको खेलमा जर्मन टोली डर्टमण्डले पीएसजीलाई १-० गोलअन्तरले हराएको हो।

Tata
GBIME
Nepal Life

डर्टमण्डको घरेलु मैदान सिग्नल इड्युना पार्कमा भएको खेलमा घरेलु टोलीलाई जित दिलाउन निक्लास फुलक्रुगले निर्णायक गोल गरे। उनले खेलको ३६ औँ मिनेटमा निको स्क्लोटरबेकको पासमा गोल गरेका हुन्।

बल पोजिसन राम्रो बनाएको पीएसजीले दोस्रो हाफमा केही राम्रा अवसरहरु बनाए पनि सदुपयोग भने गर्न सकेन।

यी दुई टोलीबीचको दोस्रो लेगको खेल ८ मेमा पीएसजीको घरेलु मैदान पार्क डी प्रिन्सेसमा हुनेछ।

यसअघि अर्को सेमिफाइनल खेलको पहिलो लेगमा स्पेनिस क्लब रियल मड्रिड र जर्मन क्लब बार्यन म्युनिख २-२ गोलको बराबरीमा रोकिएका थिए।

बायर्न र मड्रिड मे ९ मा दोस्रो लेखमा सान्टिआगो बर्नेबेउमा भिड्नेछन्।