व्यापार र पर्यटन क्षेत्रमा नेपाल चेम्बर अफ कमर्स र क्रोएसियाको निजी क्षेत्रबीच सहकार्य हुने

बिजमाण्डू
२०८१ बैशाख १७ गते १६:११ | Apr 29, 2024
व्यापार र पर्यटन क्षेत्रमा नेपाल चेम्बर अफ कमर्स र क्रोएसियाको निजी क्षेत्रबीच सहकार्य हुने

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र क्रोएसियाको व्यावसायिक प्रतिनिधिमण्डलबीच व्यापार र पर्यटन क्षेत्रमा सहकार्य गर्ने विषयमा समझदारी भएको छ।

Tata
GBIME
Nepal Life

काठमाडौंमा जारी तेस्रो लगानी सम्मेलनका क्रममा दुवै संस्थाबीच व्यापार सहजीकरण एवं पर्यटन क्षेत्रमा लगानी गर्ने सम्बन्धमा समझदारी भएको चेम्बरले जनाएको छ।

सम्मेलनमा चेम्बरले जलविद्युत्, होटललगायत क्षेत्रका एक दर्जन योजना ‘सो–केस’मा राखेको छ।

सो अवसरमा चेम्बर अफ कमर्श र क्रोएसियाका व्यावसायिक प्रतिनिधिमण्डलबीच नेपालमा लगानीको वातावरण, प्रतिफल, उपभोक्ता बजार, कानुनी पाटोलगायत विषयमा छलफल भएको चेम्बर अध्यक्ष कमलेशकुमार अग्रवालले बताए।