दोस्रो स्थानको मोनाको लियोनसँग पराजित हुँदा पीएसजी बन्यो लिग वान च्याम्पियन

बिजमाण्डू
२०८१ बैशाख १७ गते ११:५६ | Apr 29, 2024
दोस्रो स्थानको मोनाको लियोनसँग पराजित हुँदा पीएसजी बन्यो लिग वान च्याम्पियन

पेरिस सेन्ट जर्मेन पीएसजी फ्रेन्च लिग वानको च्याम्पियन बनेको छ। अंक तालिकाको दोस्रो स्थानमा रहेको मोनाको गएराति भएको खेलमा लियोनसँग पराजित भएसँगै पीएसजी च्याम्पियन बन्ने पक्का भएको हो।

Tata
GBIME
Nepal Life

गएराति पार्क ओलम्पिक लियोनइसमा भएको खेलमा घरेलु टोली लियोनले मोनाकोमाथि ३-२ गोलको जित निकाल्यो। मोनाको अंक तालिकाको दोस्रो स्थानको टोली हो।

शीर्ष स्थानको पीएसजीको ३१ खेलबाट ७० अंक छ। मोनाकोको समान खेलबाट ५८ अंक छ। अर्थात पीएसजी १२ अंकले अघि छ। यसअघि शनिबार पनि पीएसजीलाई उपाधि सुरक्षित गर्ने अवसर थियो।

तर, रेलिगेसन क्षेत्र नजिकको ले हाभ्रेसँग ३-३ गोलको बराबरीले यो अवसरबाट चुकेको थियो थियो। पछिल्लो ११ वर्षमा पीएसजीको यो दशौं लिग उपाधि हो।