लम्बोदर न्यौपानेले ३ वर्ष जेल बस्नुपर्ने, २५ करोड ६९ लाख ७५ हजार रुपैयाँ जरिवाना

बिजमाण्डू
२०८१ बैशाख १६ गते १८:५८ | Apr 28, 2024
लम्बोदर न्यौपानेले ३ वर्ष जेल बस्नुपर्ने, २५ करोड ६९ लाख ७५ हजार रुपैयाँ जरिवाना

काठमाडौं। सम्पत्ति शुद्धीकरणको मुद्दामा दोषी ठहर भएका नेपाल इञ्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई विशेष अदालतले ३ वर्ष कैद सजाय सुनाएको छ।

Tata
GBIME
Nepal Life

अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको इजलासले न्यौपानेलाई ३ वर्ष कैदका साथै १२ करोड ८४ लाख ८७ हजार ९५५ बिगोको दोब्बर अर्थात २५ करोड ६९ लाख ७५ हजार रुपैयाँ जरिवाना आइतबार तोकेको हो।

२०७८ माघ २७ गते दायर मुद्दामा अदालतले न्यौपानेलाई दोषी ठहर गरेको थियो। उनको उमेर, स्वास्थ्य स्थिति, आर्थिक सामाजिक र सांस्कृतिक पृष्ठभूमि लगायतलाई विचार गरी सजाय तोकिएको अदालतले जनाएको छ।