अमेजनले क्लाउड कम्प्युटिङ बिजनेस क्षेत्रमा कार्यरत कर्मचारी कटौती गर्ने, सयौंको जागिर गुम्‍ने

बिजमाण्डू
२०८० चैत्र २२ गते १६:३९ | Apr 4, 2024
अमेजनले क्लाउड कम्प्युटिङ बिजनेस क्षेत्रमा कार्यरत कर्मचारी कटौती गर्ने, सयौंको जागिर गुम्‍ने

टेकनोलोजी जायन्ट अमेजनले आफ्नो क्लाउड कम्प्युटिङ बिजनेसमा कार्यरत कर्मचारी कटौती गर्ने घोषणा गरेको छ।

Tata
GBIME
Nepal Life

अमेजनको यो निर्णयले सयौं कर्मचारीहरु प्रभावित हुने भएका छन्। सेल्स, मार्केटिङ र ग्लोबल सर्भिस क्षेत्रमा कार्यरत कर्मचारीले जागिर गुमाउनुपर्नेछ। सँगै फिजिकल स्टोरको टेकनोलोजी टिममा पनि कटौती हुनेछ।

अमेजनको कूल आयमा अमेजन वेब सर्भिसेसको १४ प्रतिशत योगदान रहेको छ। हाल कम्पनीले फिजिकल स्टोर ‘अमेजन फ्रेस’लाई प्राथमिकता दिएर काम गरिरहेको छ। मंगलबार कम्पनीले आफ्नो सेल्फ चेकआउट सिस्टम ‘जस्ट वल्क आउट’ लाई सबै स्टोरबाट हटाउने निर्णय गरेको थियो।

वेब सर्भिसेसका प्रवक्ताले रोजगारी कटौती गर्ने निर्णय गाह्रो भए पनि ग्राहकहरुलाई नविनतम सेवा उपलब्ध गराउन महत्वपूर्ण रहेको बताएका छन्। कम्पनीले आवश्यक क्षेत्रमा कर्मचारी भर्ती गरेर कम्पनी ‘ग्रो’ गर्न योजना बनाइरहेको पनि जनाएको छ।

जागिर गुमाउने अमेरिकामा रहेका कर्मचारीहरुले ६० दिनको तलब र सुविधा पाउनेछन्। उनीहरुलाई ‘सेभेरेन्स पे’ पनि उपलब्ध हुनेछ।

सन् २०२३ को अन्त्यसम्म अमेजनमा १० लाख ५० हजार फूल टाइम र पार्ट टाइम कर्मचारी कार्यरत थिए। वेब सर्भिसेसबाट अमेजन हाल आर्टिफिसियल इन्टेलिजेन्सलाई प्राथमिकतामा राखेका काम गरिरहेको छ।