नेपाल डेटा सेन्टरका लागि उपयुक्त गन्तव्य भएको सीएनआईको धारणा, लगानी गर्न आह्‍वान

बिजमाण्डू
२०८० चैत्र २२ गते १५:१७ | Apr 4, 2024
नेपाल डेटा सेन्टरका लागि उपयुक्त गन्तव्य भएको सीएनआईको धारणा, लगानी गर्न आह्‍वान

काठमाडौं। नेपाल उद्योग परिसंघ (सीएनआई)ले प्रविधिमा लगानी गर्न नेपाल उपयुक्त क्षेत्र रहेको जनाएको छ। काठमाडौंमा आयोजित ‘टेक पिक’ कार्यक्रममा सीएनआईका उपाध्यक्ष हेमराज ढकालले डेटा सेन्टर राख्न नेपालको भूगोल वातावरणीय हिसाबले समेत अनुकूल रहेको बताएका हुन्।

Tata
GBIME
Nepal Life

‘डेटा सेन्टरका लागि वातावरणीय तापक्रम पनि नेपालमा उपयुक्त छ। त्यतातिर पनि ध्यान दिनुपर्छ,’ उनले भने। नेपाली युवा प्रविधिप्रति जिज्ञासु रहेको तथा नेपालमा प्रविधिमा लगानी गर्दा राम्रो प्रतिफल प्राप्त भइरहेको उनको भनाइ थियो।

अहिलेको आर्थिक संकटका कारण केही अप्ठेरो स्थिति रहेको भए पनि लगानीको वातावरण बन्न लागिरहेकाले लगानीकर्तालाई नेपालजस्तो देशमा लगानी गर्नुपर्ने उनले बताए।

यस्तै सीएनआई आइटी काउन्सिलका अध्यक्ष अजीत शाहले प्रविधिमा लगानी भित्र्याउन सके नेपालमा प्रविधिको नवौं चुचुरोको रुपमा रहने बताए। संसारभर सूचना प्रविधिको तीव्ररुपमा विकास भइरहेका बेला नेपालले पनि उल्लेख्य फाइदा लिन सक्ने भनाइ उनले राखे।