
काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ७ विधाका लागि राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कारको आवेदन खुलाएको छ।
मंगलबार आवेदन खुलाउँदै मन्त्रालयले हरेक वर्ष मे २ का दिन मनाइने राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा यस क्षेत्रमा विशेष योगदान पुर्याउने व्यक्ति तथा संस्थामध्येबाट सर्वोत्कृष्टलाई विभिन्न विधामा पुरस्कृत गर्दै आएको छ।
मन्त्रालयले २०८१ वैशाख ४ गते कार्यालय समयभित्र आवेदन बुझाउन आह्वान गरेको छ। सरकारले नेसनल आइसीटी एक्सिलेन्स अवार्ड २०२४, नेसनल आइसीटी एक्सिलेन्स अवार्ड २०२४ (महिला), नेसनल आइसीटी इन्नोभेसन अवार्ड २०२४, नेसनल आइसीटी अवार्ड २०२४ (पब्लिक/प्राइभेट/प्राइभेट-प्रादेशिक सेक्टर) र नेसनल आइसीटी स्टार्टअप अवार्ड २०२४ बिधामा सम्मान गर्दैछ।