समता घरेलु लघुवित्तले तोक्यो बुक क्लोज मिति, १९ गतेसम्म कायम सेयरधनीले प्रतिफल पाउने

बिजमाण्डू
२०८० चैत्र ७ गते १५:०२ | Mar 20, 2024
समता घरेलु लघुवित्तले तोक्यो बुक क्लोज मिति, १९ गतेसम्म कायम सेयरधनीले प्रतिफल पाउने

काठमाडौं। समता घरेलु लघुवित्त वित्तीय संस्थाले बुक क्लोजको मिति तोकेको छ। लघुवित्तको सञ्चालक समितिको बैठकले साधारण सभा र लाभांश प्रयोजनका लागि चैत १९ गते बुक क्लोज तोकेको हो।

Tata
GBIME
Nepal Life

बुक क्लोजअघि कायम सेयरधनीले मात्रै साधारण सभामा भाग लिन पाउँछन्।

लघुवित्तले चैत २९ मा वार्षिक साधारण सभा बोलाएको छ। साधारण सभाले गत आर्थिक वर्षको मुनाफाबाट ५.४२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ।

एफपीओ जारी गर्ने र मर्जर तथा एक्विजिसनको प्रक्रिया सम्बन्धी अख्तियारी सञ्चालक समितिलाई दिने विशेष प्रस्ताव पनि लघुवित्तले पारित गर्दैछ। कम्पनीको चुक्ता पुँजी हाल ३९ कारोड ४१ लाख ५५ हजार रुपैयाँ छ।