सानिमा जीआइसीले २५ प्रतिशत हकप्रद जारी गर्ने, चैत २९ गते साधारण सभा

बिजमाण्डू
२०८० चैत्र २ गते ११:२३ | Mar 15, 2024
सानिमा जीआइसीले २५ प्रतिशत हकप्रद जारी गर्ने, चैत २९ गते साधारण सभा

काठमाडौं। सानिमा जीआइसी इन्स्योरेन्सले पुँजी वृद्धिका लागि हकप्रद जारी गर्ने भएको छ।

Tata
GBIME
Nepal Life

कम्पनीले चुक्ता पुँजीको २५ प्रतिशत अर्थात ५० करोड रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्ने प्रस्ताव साधारण सभामा पेश गर्न लागेको हो।

हाल चुक्ता पुँजी २ अर्ब रुपैयाँ छ। हकप्रद प्रस्ताव पारित गर्न कम्पनीले चैत २९ गते वार्षिक साधारण सभा बोलाएको छ।

सोही प्रयोजनका लागि कम्पनीले चैत १५ गते बुक क्लोज तोकेको छ।