बाराही हाइड्रोपावरले हकप्रद निष्कासनको पायो अनुमति, शतप्रतिशत जारी गर्ने तयारी

बिजमाण्डू
२०८० फागुन २४ गते ११:४९ | Mar 7, 2024
बाराही हाइड्रोपावरले हकप्रद निष्कासनको पायो अनुमति, शतप्रतिशत जारी गर्ने तयारी

काठमाडौं। बाराही हाइड्रोपावरले हकप्रद निष्कासन अनुमति पाएको छ। कम्पनीले विद्युत नियमन आयोगबाट चुक्ता पुँजीको १:१ अनुपातमा २५ करोड रुपैयाँ बराबरको हकप्रद निष्कासन गर्ने अनुमति पाएको हो।

Tata
GBIME
Nepal Life

बाराही हाइड्रोपावरले गत पुसमा सम्पन्‍न वार्षिक साधारण सभाबाट चुक्ता पुँजीको शतप्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो।

बाराही १.५० मेगावाटको क्षमताको ठेउले खोला जलविद्युत आयोजनाको प्रवर्धक कम्पनी हो। साधारण सभाबाट प्रस्ताव पारित भएपछि बाराहीले हकप्रद निष्कासन अनुमति माग गर्दै बोर्डमा फागुन १६ गते आवेदन दिएको थियो।