प्रभु इन्स्योरेन्सले घोषणा गर्‍यो लाभांश, ४.७५ प्रतिशत बोनस सेयर दिने

बिजमाण्डू
२०८० फागुन २१ गते १०:५८ | Mar 4, 2024
प्रभु इन्स्योरेन्सले घोषणा गर्‍यो लाभांश, ४.७५ प्रतिशत बोनस सेयर दिने

काठमाडौं। प्रभु इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ।

Tata
GBIME
Nepal Life

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजीको ४.७५ प्रतिशत अर्थात ६ करोड ५३ लाख ६५ हजार ८०७ रुपैयाँ बराबरको बोनस सेयर र बोनस सेयरमा कर प्रयोजनार्थ ०.२५ प्रतिशतले हुन आउने ३४ लाख ४० हजार ३०६ रुपैयाँ बराबर नगद लाभांश वितरण गर्ने घोषण गरेको हो।

कम्पनीको चुक्ता पुँजी हाल १ अर्ब ३७ करोड ६१ लाख रुपैयाँ छ।

कम्पनीको आइतबार बसेको सञ्चालक समितिको लाभांश सम्बन्धी निर्णय नेपाल बीमा प्राधिकरणले स्वीकृत र साधारण सभाले पारित गरेपछि मात्रा कार्यान्वयन हुनेछ।