सहकारी पीडितहरुले सुरु गरे विभाग परिसरमा धर्ना, समर्थनमा पूर्व आइजी सर्वेन्द्र खनाल

प्रवीण रानाभाट
२०८० फागुन ६ गते १५:३३ | Feb 18, 2024
सहकारी पीडितहरुले सुरु गरे विभाग परिसरमा धर्ना, समर्थनमा पूर्व आइजी सर्वेन्द्र खनाल

काठमाडौं। आफ्ना मागहरु पूरा नभएको भन्दै सहकारी पीडितहरुले बानेश्‍वरस्थित सहकारी विभाग परिसरमा धर्ना सुरु गरेका छन्।

Tata
GBIME
NLIC

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको आह्‍वानमा आज सुरु भएको धर्ना चैत १ गतेसम्म चल्ने बताइएको छ। माग पूरा नभए चैत १ गते काठमाडौंमा देशभरका पीडितहरु जम्मा हुने भएका छन्।

सहकारी ठगीलाई पनि नैतिक पतन देखिने अपराधमा समावेश गरी यसका संचालक पदाधिकारीलाई निर्वाचन राजनीतिक नियुक्ति र सार्वजनिक लाभको पदका लागि अयोग्य बनाइनु पर्ने पीडितहरुको माग छ।

त्यस्तै, संस्था दर्ता कार्य क्षेत्र विस्तार तथा सेवा केन्द्र विस्तारमा १ वर्ष रोक लगाउने र ५० करोड भन्दा बढीको कारोबारमा राष्ट्र बैंक अन्तर्गत अनुगमन गर्न उनीहरुले माग गरेका छन्।

सहकारी संचालक पदाधिकारी कर्मचारीहरुको सम्पत्ति रोक्का राख्ने, सम्पत्ति मूल्यांकनदेखि संचालकहरुलाई कानुनको दायरामा ल्याई सदस्यहरुको बचत फिर्ताको लागि जस्तो सुकै कानुनी कारबाही गराउनु पर्ने पीडितको माग छ।

पीडितहरुको समर्थनमा नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक (आइजी) सर्वेन्द्र खनाल पनि धर्नामा सहभागी भएका थिए।