हिमालयन रि इन्स्योरेन्सको नाफा दोब्बर, प्रति सेयर आम्दानी १२.०५ रुपैयाँ

बिजमाण्डू
२०८० माघ २९ गते ११:१३ | Feb 12, 2024
हिमालयन रि इन्स्योरेन्सको नाफा दोब्बर, प्रति सेयर आम्दानी १२.०५ रुपैयाँ

काठमाडौं । हिमालयन रि इन्स्योरेन्सले चालु आर्थिक वर्षको ६ महिनामा ६० करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

Tata
GBIME
NLIC

यो पोहोर ६ महिनाको तुलनामा ९९.७३ प्रतिशत धेरै हो। कम्पनीले पोहोर ६ महिनामा ३० करोड १७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

कम्पनीको व्यवसाय वृद्धि हुँदा खुद नाफामा उछाल आएको सोमबार प्रकाशित वित्तीय विवरणले देखाउँछ। यो अवधिमा खुद बीमा शुल्क आर्जन १५४.६५ प्रतिशतले वृद्धि भएको छ।

कम्पनीले १ अर्ब ९९ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। कम्पनीको चुक्ता पुँजी हाल १० अर्ब रुपैयाँ छ।

कम्पनीको प्रति सेयर आम्दानी १२.०५ रुपैयाँ तथा प्रति सेयर नेटवर्थ १४७.३१ रुपैयाँ छ।