क्याटलको ब्याट्री भएको फोटोन ‘हाइ रुफ’ इभी भ्यान चाँडै नेपाल आउने, यस्तो छ विशेषता

बिजमाण्डू
२०८० मंसिर २२ गते १७:१५ | Dec 8, 2023
क्याटलको ब्याट्री भएको फोटोन ‘हाइ रुफ’ इभी भ्यान चाँडै नेपाल आउने, यस्तो छ विशेषता


काठमाडौं। फोटोनको आधिकारिक बिक्रेता एमएडब्लु ग्रुपले क्याटलको ब्याट्री प्रयोग भएको फोटोन हाइ रुफ इभी भ्यान नेपाली बजारमा ल्याउने भएको छ।

Tata
GBIME
NLIC

कम्पनीका अनुसार क्याटलको ब्याट्री जडित १४ र १५ सिट भएको सो भ्यान नेपाल ल्याउन लागिएको हो। यसमा ८५ किलोवाट क्षमताको पावर भएको फोटोनको यो भ्यान यो सेग्मेन्टमा ‘बेष्ट इन क्लास’ भएको कम्पनीले दावी गरेको छ।

भ्यानमा आरामदायी यात्राको लागि स्पेसिएस ठूलो सिट, इन्टेरियर र फूल एसी रहेको कम्पनीले जनाएको छ। कम्पनीले अनुसार भ्यानमा ५ वर्ष अथवा ३ लाख किलोमिटरको वारेन्टी दिएको छ। यो नेपालमा पाइने यही सेग्मेन्टको गाडीमा धेरै हो।

फोटोन पछिल्लो समय नेपालमा पिकअप, इलेक्ट्रिक लो रूफ भ्यान, इलेक्ट्रिक मिनी ट्रक, एम्बुलेन्स सेग्मेन्टमा लोकप्रिय हुँदै गइरहेको छ।