भन्सारलाई सुराकी आएपछि मध्यरातमा दुबईबाट आएको १४ किलो सुन बरामद, दुईजना पक्राउ

बिजमाण्डू
२०८० मंसिर २२ गते ०७:१६ | Dec 8, 2023
भन्सारलाई सुराकी आएपछि मध्यरातमा दुबईबाट आएको १४ किलो सुन बरामद, दुईजना पक्राउ


काठमाडौं । बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुन सहित एक जना पक्राउ परेका छन्।

Tata
GBIME
NLIC

बिहीबार राति फ्लाइ दुबईको विमानबाट काठमाडौं ओर्लिएका ४५ वर्षीय चन्द्र घलेलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

विमानस्थलका भन्सार प्रमुख टोकराज पाण्डेको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ।

‘भन्सारलाई सूचना आएको थियो। अनि हाम्रो टोलीसहितले पक्राउ गरेको हो,’ एक प्रहरीले भने।

सुन गोर्खाका मीनबहादुर घलेको भएको खुलेको छ। घलेलाई पनि प्रहरीले राति नै नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। घलेलाई धुम्बराहीबाट नियन्त्रणमा लिइएको हो।

घटनामा अरु पनि संलग्न भएको आशंकामा प्रहरीले खोजी गरिरहेको छ।

यसअघि विमानस्थलबाट साउन २ गते हङकङबाट आएको ६१ किलो सुन बरामद भएको थियो।