
काठमाडौं। वैदेशिक रोजगारीमा गएकालाई सेयर बाँडफाँट गरेको हिमालयन रिइन्स्योरेन्स लिमिटेडले आम सर्वसाधारणका लागि पनि सेयर खुलाएको छ।
कम्पनीले मंसिर २७ देखि पुस १ गतेसम्म सर्वसाधारणलाई सेयर बिक्री गर्ने छ। अंकित मूल्य १०० रुपैयाँमा थप १०६ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता २०६ रुपैयाँका दरले कम्पनीले सेयर बिक्री गर्ने छ।
कम्पनीको अधिकृत पुँजी १० अर्ब रुपैयाँ छ। ३० प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गरेपछि चुक्ता पुँजी १० अर्ब रुपैयाँ पुग्ने छ।
कम्पनीको सेयरमा कम्तिमा १० र अधिकतम ३ लाख कित्तासम्मका लागि आवेदन दिन सकिन्छ। हिमालयन रि निजी क्षेत्रको पहिलो पुनर्बीमा कम्पनी हो।