
काठमाडौं । अर्थ सचिव डा कृष्णहरि पुष्कर र नेपालका लागि स्वीटजरल्याण्डकी राजदूत डेनियल मेउलीबीच आज शिष्टाचार भेट भएको छ।
सिंहदरबारस्थित अर्थ मन्त्रालयमा भएको भेटमा विकास सहयोगबारे समीक्षा भएको थियो। भेटका क्रममा उनीहरुबीच नेपालमा स्वीस सहयोगमा संचालित विभिन्न विकास निर्माणका आयोजनाको बारेमा छलफल भएको अर्थमन्त्रालयले जनाएको छ।
यस्तै, दुवैजनाबीच भावी सहकार्यका क्षेत्रका बारेमा पनि छलफल भएको थिए ।