BIZMANDU
www.bizmandu.com

सिंहदरबार पुगिन् स्वीस राजदूत, अर्थ सचिवसँगको भेटमा विकास सहयोगबारे समीक्षा

२०८० मंसिर १२

सिंहदरबार पुगिन् स्वीस राजदूत, अर्थ सचिवसँगको भेटमा विकास सहयोगबारे समीक्षा
सिंहदरबार पुगिन् स्वीस राजदूत, अर्थ सचिवसँगको भेटमा विकास सहयोगबारे समीक्षा


काठमाडौं । अर्थ सचिव डा कृष्णहरि पुष्कर र नेपालका लागि स्वीटजरल्याण्डकी राजदूत डेनियल मेउलीबीच आज शिष्टाचार भेट भएको छ।

Tata
GBIME
NLIC

सिंहदरबारस्थित अर्थ मन्त्रालयमा भएको भेटमा विकास सहयोगबारे समीक्षा भएको थियो। भेटका क्रममा उनीहरुबीच नेपालमा स्वीस सहयोगमा संचालित विभिन्न विकास निर्माणका आयोजनाको बारेमा छलफल भएको अर्थमन्त्रालयले जनाएको छ।

यस्तै, दुवैजनाबीच भावी सहकार्यका क्षेत्रका बारेमा पनि छलफल भएको थिए ।