लाभांश वितरणको प्रस्तावसहित एनआईसी एशिया लघुवित्तले बोलायो साधारणसभा

बिजमाण्डू
२०८० मंसिर १० गते ०९:३२ | Nov 26, 2023
लाभांश वितरणको प्रस्तावसहित एनआईसी एशिया लघुवित्तले बोलायो साधारणसभा


काठमाडौं । लाभांश वितरणको प्रस्तावसहित एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले छैटौं वार्षिक साधारणसभा आह्वान गरेको छ।

Tata
GBIME
NLIC

लघुवित्तको मंसिर ८ गते बसेको संचालक समितिको बैठकले पुस ६ गते शुक्रबार बिहान गोर्खा होटल सुनसरीमा सभा आह्वान गरेको हो।

सभामा लाभांश वितरणको प्रस्तावलाई प्रमुख एजेण्डा बनाइएको छ। लघुवित्तले सभामा गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्ताहरुलाई चुक्ता पुँजीको १५ प्रतिशतले हुन आउने २६ करोड ९ लाख १६ हजार बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गर्नेछ।

उक्त प्रस्ताव वार्षिक साधारणसभाबाट पास भएपश्चात मात्र लगानीकर्ताहरुमा वितरण गरिनेछ।

लघुवित्तले सधारणसभा तथा नगद वितरण प्रयोजनका लागि मंसिर २५ गते ‘क्लोज’ मिति तोकेको छ। बुक क्लोजभन्दा अघिल्लो दिन सम्म कायम सेयरधनीहरु मात्र लाभांशका लागि योग्य हुनेछन्।