होटेल एन्ड होमको वेबसाइटबाट बुकिङ गरी आइएमई पेमार्फत भुक्तानी गर्दा १०% छुट

बिजमाण्डू
२०८० कात्तिक २ गते ११:५४ | Oct 19, 2023
होटेल एन्ड होमको वेबसाइटबाट बुकिङ गरी आइएमई पेमार्फत भुक्तानी गर्दा १०% छुट


काठमाडौं। होटेल एन्ड होमको वेबसाइटमार्फत नेपालभित्रका विभिन्‍न होटेलमा बुकिङ गरी आइएमई पेमार्फत भुक्तानी गर्ने ग्राहकले १० प्रतिशत छुट प्राप्त गर्ने भएका छन्। आइएमई पे र होटेल एन्ड होमबीच यससम्बन्धी सम्झौता भएको हो।

Tata
GBIME
NLIC

आइएमई पेका प्रमुख मार्केटिङ अधिकृत सन्जिव चन्द्र न्यौपाने तथा होटेल एन्ड होमका प्रमुख कार्यकारी अधिकृत उत्सव पाठकले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन्। नजिकिँदै गरेका दसैं, तिहार तथा छठलाई लक्षित गर्दै संचालनमा ल्याइएको उक्त छुट कात्तिकको अन्त्यसम्म लागू हुने बताइएको छ।